Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

आर्थिक पत्र
बुधवार, माघ २३ २०८१
  • वीरगन्ज - पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन्।

    साहलाई बुधबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

    साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए।

    उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

    लम्सालका अनुसार साहबाट बरामद भएको रकमको स्रोत खुलेको छैन। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेकाले प्रहरीले संलग्नलाई कानुनी दायरामा ल्याउने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार