Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

काठमाडौं महानगरले यी सडकलाई एकतर्फी बनाउने

काठमाडौं महानगरले यी सडकलाई एकतर्फी बनाउने

आर्थिक पत्र
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं।  काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नम्बर ५ विभिन्न सडकहरूलाई एकतर्फी (वान–वे)बनाउने भएको छ । महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरे वडा नम्बर ५ मा रहेका विभिन्न ७ वटा सडकहरूलाई आगामी फागुन ७ गतेबाट वान–वे बनाउने तयारी गरिएको जनाएको हो ।   

    images

    ‘काठमाडौं महानगरपालिका– हाँडीगाउँअन्तर्गत तपसिलका सडकमा एकतर्फी (वन–वे) सवारी साधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरपालिकाको भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयअनुसार मिति २०८१ फागुन ७ गतेबाट लागू हुने सडकमा एकतर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने भएकोले सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ । 

    वान–वे हुने सडकहरू 

    – काठमाडौं महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

    -विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्कालतर्फमात्र प्रवेश गर्न पाउने ।

    – हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।

    – नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।

    – ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध ।

    – वडा नं.५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।

    – बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार