Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

विद्युत सर्ट भएर वर्कसपमा आगलागी, ७ लाखको क्षति

विद्युत सर्ट भएर वर्कसपमा आगलागी, ७ लाखको क्षति

आर्थिक पत्र
बुधवार, माघ ३० २०८१
  • रौतहट - रौतहट  जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

    images

    कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले  सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो।

    प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा४६ प ९०७ नम्बरको मोटरसाइकल र बिक्रीका लागि राखिएको पार्टपुर्जा जलेर नष्ट भएका छन्। 

    आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार