Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा सात जना पक्राउ

२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा सात जना पक्राउ

आर्थिक पत्र
शनिवार, फाल्गुण ३ २०८१
  • काठमाठौं - रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन्।

    यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोतम्मा नगरपालिका-१४ का २३ वर्षीय दिलीप केवट र स्याङ्जा गल्याङ नगरपालिका-१ ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन्।

    शुक्रबार सिद्धार्थनगर नगरपालिका-४ र तिलोत्तमा नगरपालिका-१५ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट प्रहरी टोली खटिएको थियो।

    पक्राउ परेका व्यक्तिहरूको साथबाट २०.७९ ग्राम चरेस, २१ किलो गाँजा र लागुऔषध पोल्याण्डको धुलो ८४ ग्राम बरामद भएको सेनले बताए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार