Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

स्रोत नखुलेको ५७ लाख रूपैयाँसहित तीन जना पक्राउ

स्रोत नखुलेको ५७ लाख रूपैयाँसहित तीन जना पक्राउ

आर्थिक पत्र
सोमवार, फाल्गुण ५ २०८१
  • धनुषा । जनकपुरधाममा स्रोत नखुलेको ५७ लाख रूपैयाँ भन्दा बढी रकमसहित तीन जना पक्राउ परेका छन । 

    images

    जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटपसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय जेनिस साह रहेको प्रहरीले जनाएको छ ।

    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थानसहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार