Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ

भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ

आर्थिक पत्र
सोमवार, फाल्गुण ५ २०८१
  • रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। यसक्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।

    images

    पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन्।

    जिल्ला प्रहरी तथा मातहतको गस्ती टोलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा भारतबाट भित्र्याइएको २ लाख,७९ हजार ८० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक लगायतका सामान बरामद गरेको उनले बताए।

    चौधरी बिआर०६सी २७९२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनलाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

    त्यस्तै, भारतीय बजारबाट लुकिछिपी साइकलमा राखेर रौतहटमा ल्याइएको दर्जनौं कुखुरा प्रहरीले बरामद गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार