Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

अर्थ मन्त्री पौडेल भए डिस्चार्ज

अर्थ मन्त्री पौडेल भए डिस्चार्ज

आर्थिक पत्र
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं। उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज भएका छन् ।

    images

    जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ ।

    पोखरा भ्रमण बर्ष उदघाटनको दिन आगोले बेलुन पडकिए पछि अर्थमन्त्रीसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य गम्भिर घाइते भएका थिए, स्थानिय गण्डकी अस्पतालमा प्राथमिक उपचार पछि किर्तिपुरस्थित अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो ।

    मेयर आचार्यलाई भने केही दिन अझै अस्पतालमा राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएको अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार