काठमाडौं। काठमाडौं हाँडीगाउँका विभिन्न रुटमा महानगरपालिकाले आज देखि एकतर्फी प्रणाली लागू गरेको छ।
पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आज देखि लागू हुने गरी उक्त निर्णय गरेको थियो ।
कुन–कुन रुट बन्यो एकतर्फी ?
१. काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२. विशालनगर तर्फ बाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालय तर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फ मात्र प्रवेश गर्न पाउने ।
३. हाँडीगाउँ हुँदै ढुंगेधारा तर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४. नक्साल भाटभटेनी तर्फ बाट आउने सवारी साधनहरू वडा नं। ५ को कार्यालयबाट थटु मार्ग तर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५. ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
६. वडा नं. ५ कार्यालयको दक्षिण तर्फ बाट गहना पोखरी तर्फ प्रवेश निषेध ।
७. बाल मन्दिर तर्फ बाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फ बाट मात्र प्रवेश गर्न पाउने र टंगाल बाट प्रवेश निषेध ।


