Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

वीरगञ्ज भन्सारमा चौरानब्बे अर्ब ५२ करोड राजस्व संकलन

वीरगञ्ज भन्सारमा चौरानब्बे अर्ब ५२ करोड राजस्व संकलन

आर्थिक पत्र
शुक्रवार, फाल्गुण ९ २०८१
  • वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ। यो गत आवको सोही अवधिमा संकलित रकममा सात अर्ब ९५ करोडले बढी हो।

    images

    उक्त कार्यालयले उक्त अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो। “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उनले भने।

    गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो। यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार