काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।
महानगरको वातावरण विभागका अनुसार महानगर क्षेत्रका घर कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना गराइनेछ । वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।
यदि महानगरको अनुगमन टोलील् सार्वजनिक स्थानमा फोहर फालेको भेटेमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ९च० बमोजिम कारबाही हुने जनाइएको छ ।
हाल उपत्यकाका १८ स्थानीय तहबाट दैनिक १ हजार ६ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।


