Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

आर्थिक पत्र
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं ।  काठमाडौंको  थापाथली क्षेत्रमा खानेपानीको पाइप लाइन फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेको हो ।

    images

    पाइपलाइन फुट्नुको कारण भने खुलिसकेको छैन । सडकसमेत अवरुद्ध भएको छ ।

    थापाथली चोकबाट नर्भिक अस्पताल जाने बाटोमा लाइन फुटेको र त्यससँगै सडक भत्किएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । यस्तै सो क्षेत्रका केही पसलहरुमा पानी समेत पसेको छ । तीन साताअघि मात्रै बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुड्दा त्यस क्षेत्र जलमग्न बनेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार