Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग

सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग

आर्थिक पत्र
मंगलवार, फाल्गुण २० २०८१
  • रौतहट। ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालीले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महत्त्वलाई सो अस्पतालले निःशुल्क सेवा समेत दिने बताइएको छ । 

    images

    मङ्गलबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले सञ्चारकर्मी महतलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । विगत लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी महतलाई अस्पतालले अस्पतालबाट हुने सेवा निःशुल्क रुपमा प्रदान गर्ने डाक्टर चौधरीले जानकारी दिएका थिए । 

    अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलब बापतको रकम सञ्चारकर्मी महतको उपचारमा सहयोग पुगोस् भन्ने हिसाबले आफूहरुले प्रदान गरेको अस्पतालका डाक्टर चौधरीको भनाइ रहेको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले सञ्चारकर्मी महतको उपचारमा सबैले सहयोग गरिदिन आग्रह गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा रौतहटका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

    आर्थिक रूपमा विपन्न रहेका सञ्चारकर्मी महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन् । रौतहट जिल्लालाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चारकर्मी महतले विभिन्न संचार माध्यममा काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार