Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

ज्येष्ठ सदस्यलाई सहकारीको मासिक भत्ता

ज्येष्ठ सदस्यलाई सहकारीको मासिक भत्ता

आर्थिक पत्र
मंगलवार, फाल्गुण २० २०८१
  • रामपुर (पाल्पा) । रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ। संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक ५०० भत्ता उपलब्ध गराउँदै आएको हो।

    images

    सदस्यका सेवालाई दृष्टिगत गर्दै वि.सं. २०७२ देखि भत्ता वितरण सुरु गरेको हो। ४० लाखको पेन्सन कोष स्थापना गरेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिए। कोषका लागि नयाँ सेयर सदस्यबाट पेन्सन बचतमा रहने गरी रु ५०० संकलन गर्ने गरिएको छ।

    उनका अनुसार गत वर्ष १२८ जनालाई मासिक भत्ता वितरण गरिएकामा चालु आर्थिक वर्षमा २१ जना थप भएका छन्। सहकारीले सदस्य प्रोत्साहन नीति २०७५ लागू गरेको छ। सो नीतिमा आधारित रहेर काम गरिरहेको छ।

    वि.सं. २०७२ अघि आबद्ध सेयर सदस्यले ७० वर्ष पूरा भएपछि मासिक भत्ता प्राप्त गर्ने र त्यसपछिको नयाँ सदस्यका हकमा संस्थामा १० वर्ष कारोबार गरेको हुनुपर्नेछ। सहकारीमा हाल ११ हजार बढी सेयर सदस्य आबद्ध छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार