Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै

आर्थिक पत्र
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

    उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो ।

    यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो ।  कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार