Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

आर्थिक पत्र
शुक्रवार, चैत्र २५ २०७८
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि बढेको छ । बिहिबार एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार