Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की

युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की

आर्थिक पत्र
शुक्रवार, चैत्र १ २०८१
  • वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने धम्की दिएका छन् । अमेरिका र यूरोपेली संघ (ईयू) बिचको व्यापार युद्ध चर्किदै गर्दा ट्रम्पले यस्तो धम्की दिएका हुन् ।

    ट्रम्पले यूरोपबाट आउने स्टिल र अल्मुनियममा अतिरिक्त भन्सार महसुल लगाएपछि ईयूले अमेरिकाबाट आउने ह्विस्कीमा ५० प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेको छ । जस्तालाई त्यस्तै गर्ने नीति चर्किदै गर्दा ट्रम्पले यो धम्की दिएका हुन् । 

    शत्रुतापूर्ण र दूरव्यवहारपूर्ण व्यवहार गरेको र अमेरिकालाई लुट्ने उद्देश्यले समूह बनाएको भन्दै अमेरिकी ह्विस्कीमाथि ईयूले लगाएको महसुल तत्कालै हटाइहाल्न ट्रम्पले भनिरहेका छन् । पछिल्लो अवस्थाबारे कुराकानी गर्न अमेरिका र ईयूबिच फोन वार्ताको तयारी भइरहेको यूरोपेली आयोगका प्रवक्ताले भनेका छन् । 

    ट्रम्पको पछिल्लो धम्कीपछि ईयूका व्यापार आयुक्त मारोस सेफ्कोभिकले अमेरिकी समकक्षीसँग कुरा गर्न लागको पूष्टि भएको छ । हरेक वर्ष यूरोपबाट अमेरिकामा ४ अर्ब ८० करोड डलर बराबरको रक्सी भित्रिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार