Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भाटभटेनी लुटपाट क्रममा बहादुरी देखाउने सुरक्षा गार्डलाई ५ लाख पुरस्कार र ५ ग्रेड वृद्धि

भाटभटेनी लुटपाट क्रममा बहादुरी देखाउने सुरक्षा गार्डलाई ५ लाख पुरस्कार र ५ ग्रेड वृद्धि

आर्थिक पत्र
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत भएका छन् ।

    images

    मंगलबार आयोजित विशेष समारोहमा भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वयं उपस्थित भई दुबोको माला लगाएर पराजुलीलाई सम्मान गरे । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

    गत चैत १५ गते राजावादी समूहको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीहरूलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार