Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

जडिबुटी कम्पनीमा २८ करोड बराबरको क्षति

जडिबुटी कम्पनीमा २८ करोड बराबरको क्षति

आर्थिक पत्र
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ 

    images

    चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति हुँदा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । 

    कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् । आगजनी र तोडफोडका कारण केहिदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरूबाट नियमितरूपमा सन्चो उत्पादन गर्ने योजना बनाएको बताइन् । 

    २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा विस्तारमा समेत केन्द्रित रहेको थियो । आगजनी र तोडफोडका कारण शाखा विस्तारको काम केही समयलाई रोकिने महाप्रवन्धक यादवको भनाइ छ । कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारी समेत गरेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार