Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

आर्थिक पत्र
आइतवार, चैत्र २४ २०८१
  • बारा ।  गत मंसिर महीनामा लागेको गढीमाई पञ्चबर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ । 

    images

    गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकीकरण कार्यक्रममा समितिका अध्यक्ष गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादवले नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैया आम्दानी भएको जानकारी गराएका हुन ।

    मंसिर महिनाभरि र माघ महिनाको खिचडीमा लागेको मेलामा जग्गा भाडा, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, राँगा र परेवा व्यवस्थापन, मुण्डन, पार्किङ्ग, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाको आम्दानी भएको सो अवसरमा बताइएको थियो । 

    जसमध्ये मन्दिर सजावट र मेला व्यवस्थापनमा ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया खर्च भएको समितिले जनाएको छ । मेलाको आम्दानी मन्दिरको विकासमा खर्च गरिने समितिका अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । 

    त्यस्तै मेलामा भक्तजनहरुले सुन तथा चादीका गहनाहरु पनि चढाएको र सो गहना समितिमा राखिएको पनि जनाइएको छ । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार