Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

काठमाडौंमा आज कुन कुन स्थानमा हुँदैछ सवारी आवागमन प्रभावित ?

काठमाडौंमा आज कुन कुन स्थानमा हुँदैछ सवारी आवागमन प्रभावित ?

आर्थिक पत्र
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाले राजधानीका विभिन्न सडक खण्डमा सवारी आवागमन प्रभावित हुनसक्ने भएको छ ।

    images

    ट्राफिक प्रहरीले यसका लागि विभिन्न स्थानमा सवारी डाइभर्सनको व्यवस्था मिलाइने जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार निम्न स्थानहरुमा डाइभर्सन गरिनेछः

    मुख्य डाइभर्सन हुने स्थानहरू

    खसिबजार

    मकालु

    कलंकी चोक

    बाफल

    बल्खु चोक

    कुलेश्वर

    कालीमाटी चोक

    टेकु

    किर्तिपुर

    सुन्दरीघाट

    सानेपा

    एकान्तकुना

    आवश्यकता अनुसार थप डाइभर्सन गरिन सक्ने सम्भावित स्थानहरूः

    त्रिपुरेश्वर

    बालाजु

    हलचोक

    नैकाप

    बल्खु चोक

    चोभार

    फर्पिङ

    नख्खु दोबाटो

    कोटेश्वर

     

     

     

    पार्किङका लागि तोकिएका स्थानहरूः

    टियू गेटदेखि चोभार सडक खण्ड

     

    सानेपा करिडोर सडक -दुबै तर्फ_

     

    चोभार सुख्खा बन्दरगाह

     

    नयाँ बसपार्क

     

    सितापाईला–बाफल सडकको एक लेन

    यसका साथै, नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतिघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।

    सवारी चालकहरूलाई उक्त प्रभावित स्थानहरूमा जाममा नपर्नका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार