Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु

इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु

आर्थिक पत्र
बुधवार, चैत्र २७ २०८१
  • तेहरान । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ । 

    सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार अफगानिस्तानको रहेका छन् । समाचार अनुसार राजधानी तेहरानबाट करिब २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान सहर नजिक उक्त दुर्घटना भएको हो । 

    राष्ट्रपति मसुद पेजेस्कियानले छानबिन गर्न आदेश दिएका छन्। समाचारमा भनिएको छ कि पहिलो नजरमा यो खानीमा सुरक्षा उपायहरूलाई बेवास्ता गरिएको देखिन्छ।

    इरानमा हरेक वर्ष औद्योगिक दुर्घटनामा करिब ७ सय कामदारको मृत्यु हुने गरेको छ । गत हप्ता पनि उत्तरपश्चिम इरानमा फलाम खानी भत्किँदा त्यहाँ काम गर्ने एक कामदारको मृत्यु भएको थियो। 

    सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा विस्फोट हुँदा दर्जनौं कामदारको मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार