Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

विरगञ्जमा लगाइएको कर्फ्युका कारण रात्रि बजार स्थगित

विरगञ्जमा लगाइएको कर्फ्युका कारण रात्रि बजार स्थगित

आर्थिक पत्र
आइतवार, चैत्र ३१ २०८१
  • विरगञ्ज । नयाँ वर्ष २०८२ को स्वागतका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ । शुक्रबारदेखि सुरु भएको यो बजार आइतबारसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

    images

    शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको हिंस्रक झडपपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेसँगै महानगरपालिकाले शनिबारका लागि रात्रि बजार स्थगित गरेको हो ।

     आइतबार रात्रि बजार सञ्चालन हुने वा नहुने भन्ने विषयमा भने परिस्थिति हेरेर निर्णय लिइने महानगरपालिकाले जनाएको छ । शान्ति सुरक्षाको अवस्थालाई हेरेर कर्फ्यु जारी रहने वा नरहने भन्ने अवस्था पछि  बजारको निर्णय निर्धारण गरिने जनाइएको छ ।

    वीरगञ्ज महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर आदर्शनगरस्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो । वीरगञ्जको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रात्री जनजिवनलाई चलायमान बनाउने उदेश्ले  यो बजारको आयोजना गरिएको हो । बीरगन्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिह चुनाव जितेपछि तिन बर्षदेखि  महानगरपालिकाले  नया बर्षको अवसरमा रात्रि बजारको आयोजना गर्दै आएको छ ।

    महानगरपालिकाले रात्रि बजार सञ्चालनका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेको थियो, जसमा ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगन्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार