Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ

भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ

आर्थिक पत्र
मंगलवार, बैशाख २ २०८२
  • रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौर स्थित बसपार्कमा  भन्सार छलीको अबैध सामान बोकेको टेम्पो संगै चालक लाई पक्राउ गरेको छ।

    images

    सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९२० रुपैया बराबरको कपडा, किराना, भाँडा बर्तन बोकेको ना २ ह ४६६० नम्बरको टेम्पो सहित चालक परोहा नगरपालिका ४ का ३० बर्षीय उमेश कुमार यादव लाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले चेकजाँचको क्रममा  पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।

    बरामद भन्सार छलीको सामान सहित टेम्पो र चालक यादव लाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारीगरेको सूचनामा उल्लेख गरिएको छ।

    जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान अन्तर्गत करोडौँको भन्सार छलीको सामान, दर्जनौ सवारी साधन र तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ।
    प्रहरीको सक्रियताले बिगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करी न्यून प्रायः भएको जानकारहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार