Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

आर्थिक पत्र
मंगलवार, बैशाख २ २०८२
  • त्रिवेणी (रुकुम पश्चिम)। जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन्। छवटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए।

    प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत संकलन गरेको थियो। चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ।

    हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन। केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए।

    जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए। जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब रु १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार