Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घट्यो पेट्रोल-डिजेल र मट्टीतेलको मूल्य, अब कति पुग्यो ?

घट्यो पेट्रोल-डिजेल र मट्टीतेलको मूल्य, अब कति पुग्यो ?

आर्थिक पत्र
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ ।

    निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।

    मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४३.५० रुपैयाँ, दोस्रो वर्गमा १४५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

    निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार