Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

आर्थिक पत्र
बिहिवार, बैशाख ४ २०८२
  • झापा । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन।

    images

    हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नरबहादुर विकलाई  बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार