Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

आर्थिक पत्र
बिहिवार, बैशाख ४ २०८२
  • स्याङ्जा। गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन ।

    images

    सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार