Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

चालू आर्थिक वर्षको नौ महिनामा विराटनगर भन्सारबाट निर्यात बढ्यो

चालू आर्थिक वर्षको नौ महिनामा विराटनगर भन्सारबाट निर्यात बढ्यो

आर्थिक पत्र
आइतवार, बैशाख ७ २०८२
  • मोरङ। विराटनगर भन्सार कार्यालय भएर चालू आर्थिक वर्षको नौ महिनामा गत आर्थिक वर्ष ०८०/८१ भन्दा करिब १ सय ८ प्रतिशतले निर्यात व्यापार बढेको छ।

    images

    गत आर्थिक वर्ष० ८०/८१ को ९ महिनामा विराटनगर भन्सार कार्यालय भएर करिब २३ अर्ब १५ करोड ६८ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा निर्यात बढेर ४८ अर्ब १९ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

    विगत ९ महिनामा असोज महिनादेखि निरन्तर निर्यात व्यापार बढेको र त्यसमा पनि भटमासको तेल र सूर्यमुखी तेलको निर्यातले आयात निर्यातको स्थिति सुध्रिदै गएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

    विगत केही महिनादेखि निर्यातमूलक उद्योगको कच्चा पदार्थ आयात बढेको र आन्तरिक खपत हुने वस्तुको आयात भने नबढेको विराटनगर कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए।

    विराटनगर भन्सार कार्यालय भएर गत वर्षभन्दा चालू आर्थिक वर्षको नौ महिनामा आयात भने १९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ०८०/८१ मा एक खर्ब २६ अर्ब ४२ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तुहरु आयात भएकोमा चालू आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा एक खर्ब ५० अर्ब ५५ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुहरु आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

    चालू आर्थिक वर्ष ०८१/८२ को विगत नौ महिनामा विराटनगर भन्सार कार्यालय भएर मूल्यका आधारमा प्रशोधित भटमासको तेल, सेन्थेटिक यार्न, जुटको कपडा, प्रशोधित सूर्यमुखी तेल, तयारी कपडा, जुटको बोरा, प्लाईउड लगायतका वस्तुहरु निर्यात भएको छ।

    सबैभन्दा बढी करिब २० अर्ब ५२ करोड १७ लाख १० हजार रुपैँया बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। यसैगरी मूल्यका आधारमा भटमासको कच्चा तेल, एचआर सिट, पोलिथिन दाना, शुद्ध फलाम, एलपी ग्याँस, सूर्यमुखी कच्चा तेल लगायतका वस्तुहरु आयात भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार