Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला हुँदै

भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला हुँदै

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं। ‘नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १० औँ’ नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ।

    images

    यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

    नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी), ललितपुर उद्योग वाणिज्य संघ, नेपाल हस्तकला महासङ्घको सहकार्यमा मेला आयोजना गरिँदैछ।

    आयोजकका अनुसार मेलामा नेपालसँगै मुख्यगरी चीन, भारत, पाकिस्तान, बंगलादेश, थाइल्याण्डलगायत देशका उद्योगी–व्यवसायीहरू सहभागी हुनेछन्। यो वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टल राखिनेछन्, जहाँ विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछन्। आयोजकहरूले २० हजारभन्दा बढी अवलोकनकर्ता मेलामा आउने अपेक्षा राखेको छ।

    महासंघका अनुसार मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, व्यावसायिक शिक्षा तथा विद्युतीय सवारीसाधनजस्ता विभिन्न क्षेत्रका सामग्री प्रदर्शित हुनेछन्। साथै, मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीका सम्भावनामा पनि छलफल हुनेछ।

    मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पहिचान दिलाउने र विदेशी लगानी तथा प्रविधि भित्र्याउन सघाउने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार