Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

आर्थिक पत्र
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    images

    बुढानिलकण्ठ नगरपालिका–८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका–३ घर भएका ३६ वर्षीय एकराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । 

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार