काठमाडौं। हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोक खण्डमा यही वैशाख १८ गतेदेखि आगामी जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको उल्लेख छ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि आगामी जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । ठिङ्गन–बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर् यााङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिएका छन्।

