Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

आर्थिक पत्र
बुधवार, बैशाख १७ २०८२
  • जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहका पिछडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

    images

    ‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो ।

    विदेह, शहीद, कमला, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा चार करोड ९८ लाख ७८ हजार ३११ खर्च गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

    अपाङ्ग, बालबालिका, महिला, युवा तथा बेरोजगारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता र रोजगारसम्बन्धी  विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यक्रम अधिकृत वेदप्रसाद भुर्तेलले जानकारी दिए ।

    परियोजना सञ्चालित स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्न आसमान नेपाल, सामुदायिक परिवार कल्याण सङ्घ, जानकी महिला जागरण समाज तथा सपोर्ट नेपालसँग प्लानले साझेदारी गरेको उनले जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार