Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

जापानी राजदूत र काठमाडौं महानगरका प्रमुखबीच भेटवार्ता

जापानी राजदूत र काठमाडौं महानगरका प्रमुखबीच भेटवार्ता

आर्थिक पत्र
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

    images

    कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएका थिए ।

    भेटका क्रममा राजदूत तोरुले, काठमाडौं र जापानका शहरहरुबीच शहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार