Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

माछापोखरीमा महानगरले तरकारी बेच्न नदिएपछि प्रदर्शन

माछापोखरीमा महानगरले तरकारी बेच्न नदिएपछि प्रदर्शन

आर्थिक पत्र
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौँ । काठमाडौँको बालाजु माछापोखरी क्षेत्रमा साना किसान र तरकारी व्यापारीहरूलाई सडक किनारमा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीयहरू आन्दोलित भएका छन् ।

    images

    उनीहरूले आज बिहान नौमार बजारस्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा सडकमा तरकारी राखी विरोध जनाएका थिए । करिब ४०–५० जना सहभागी रहेको उक्त प्रदर्शन काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्णयविरुद्ध गरिएको थियो । यसअघि माछापोखरीको सडकमा हरेक बिहान तरकारी व्यापार हुँदै आएको थियो, तर केही साताअघि महानगरले उक्त कार्यमा रोक लगाएपछि विरोध चर्किएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार