Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विद्युत् महसुल वृद्धि गर्ने तयारीमा हितेन्द्रदेव शाक्य

विद्युत् महसुल वृद्धि गर्ने तयारीमा हितेन्द्रदेव शाक्य

आर्थिक पत्र
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् महसुल वृद्धि गर्ने बताएका छन् । प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले महसुल वृद्धि गर्ने बताएका हुन् ।

    विगत तीन वर्षदेखि वृद्धि नभएको भन्दै अब वृद्धि गर्नुपर्ने बेला भएको उनको धारण थियो  । प्राधिकरण आएसँगै उनले श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए । सोही अनुसार आज संरचनागत आर्थिक, प्रशासनिकलगायत संस्थाको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गरेका हुन् । 

    मंगलबार सार्वजनिक गर्ने तय भए पनि प्राविधिक कारण देखाउँदै शाक्यले स्थगित गरेका थिए । श्वेतपत्र अनुसार प्राधिकरणको विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ वडाहरूमा पुगेको । यसैगरी, घर संरचनाका आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार