Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुर्खेत प्रसारण लाईन बिबादमा उर्जा मन्त्रीको चासो

सुर्खेत प्रसारण लाईन बिबादमा उर्जा मन्त्रीको चासो

आर्थिक पत्र
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्। ।
     
    मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्।

    बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीनवटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाईको बारेमा समेत चासो राखेका हुन्। 

    “स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्, विकासको कामलाई अगाडि बढाउँदै गर्दा सामान्य मान्छे नमरोस्,”– मन्त्री खड्काले भने। उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितहरुको पुर्नवासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए । 

    भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराएका थिए। उक्त क्षेत्रमा तीनवटा विद्युत टावर बन्न बाँकी रहेको उहाँको भनाई थियो । 

    विस २‎‎०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएपनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाई भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार