Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भन्सार छलीको कपडासहित २ मोटरसाईकल पनि पक्राउ

भन्सार छलीको कपडासहित २ मोटरसाईकल पनि पक्राउ

आर्थिक पत्र
मंगलवार, बैशाख २३ २०८२
  • रौतहट।जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको कपडा दुईथान मोटरसाईकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ।

    images


    तस्करीको सामान मोटरसाईकल सहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ बर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छन्। 

    जिल्ला प्रहरीबाट बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अबैध कपडा, नम्बर नभएको दुईथान मोटरसाईकल सहित पासवान लाई नियन्त्रणमा लिएको थियो। 

    बरामद कपडा, मोटरसाईकलको कुल तिनलाख २३ हजार मूल्यांकन सहित पक्राउ पैसवान लाई आवश्यक कारवाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्धारा जारी सूचनामा उल्लेख गरिएको छ।

    जिल्लामा नयाँ एसपिको रुपमा गिरीले कमाण्ड सम्हाले देखी प्रहरीले सक्रियता बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार