Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

साढे दुई करोड अनलाइन ठगी आरोपमा सात जना पक्राउ

साढे दुई करोड अनलाइन ठगी आरोपमा सात जना पक्राउ

आर्थिक पत्र
बिहिवार, बैशाख २५ २०८२
  • जनकपुरधाम– अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा सात जना र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा होलीको दिन भएको आँशु यादवको हत्यामा संलग्न एक जना गरि धनुषा प्रहरीले आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

     उनीहरूले अनलाइनको दुरुपयोग गरेर दुई करोड ६३ लाख ९ हजार तीन सय १२ रुपियाँ ठगी गरेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्याम सुन्दर महरा र सोही ठाउँका २० वर्षीय राम कुमार महरा पक्राउ परेका छन् । 

    उनीहरुले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर ठगी गर्ने गरेका थिए । पक्राऊ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । त्यो मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडी समेत गरी एक सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।  

    उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेका थिए । हाल सम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनीहरु माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    यस्तै २०८१ चैत २ गते होलीको दिन जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धी टोलमा धर्मेन्द्र महतोले धारिलो हतियार प्रयोग गरी आशु यादव र रूपेश यादवलाई आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । घाइते अवस्थामै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा आशु यादवको सोही दिन साँझ ५ः५५ बजे मृत्यु भएको थियो ।

    उक्त घटनापछि फरार रहेका जनकपुरधाम उपमहानगरपालिका २३-का ५५ वर्षीय रामदहिन महतो उर्फ गुजरा महतो, लाई प्रहरीको टोलीले मिति २०८२ बैशाख २२ गते धनौजी गाउँपालिका–४ बाट पक्राउ गरेको हो । 

    हाल उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार