Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

आर्थिक पत्र
बिहिवार, बैशाख २५ २०८२
  • मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो । 

    यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार