Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

६ महिनामा डीकेएम औषधी कम्पनीले गर्‍यो ५२ करोडको व्यापार

६ महिनामा डीकेएम औषधी कम्पनीले गर्‍यो ५२ करोडको व्यापार

आर्थिक पत्र
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । डीकेएम औषधी प्रालिले ६ महिनाको अवधिमा ५२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।कम्पनीले सन् २०२४ मा ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड रुपैयाँ, सन् २०२२ मा ८८ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ७९ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ५९ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    images

    सन् २०१० मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट आयातित र स्वदेशी उत्पादित औषधी बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा दिपककुमार तिब्रेवालको ५१ प्रतिशत र सुरजकुमार तिब्रेवालको ४९ प्रतिशत स्वामित्व छ ।

    कम्पनीले विगत १५ वर्षदेखि औषधीको कारोबार गर्दै आएको छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार