Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित : हितेन्द्रदेव शाक्य

कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित : हितेन्द्रदेव शाक्य

आर्थिक पत्र
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् ।शाक्यले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित्र पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट, दुर्घटना निम्तिन सकिने बताए ।शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे ।

    ‘यसलाई चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ । यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ,’ उनले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं । यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’

    कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे । माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उनले बताए ।‘अहिले हामी विक लिंकमा पुगेका छौं । जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,’ उनले भने, ‘प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ । यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’

    स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या रहेको उनले बताए । त्यस्तै ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको उनको भनाइ छ । वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको उनले बताए ।‘सिस्टमले नधानेका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ ।’कमजोर प्रणाली भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार