Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

स्रोत नखुलेको रकमसहित ४ पक्राउ

स्रोत नखुलेको रकमसहित ४ पक्राउ

आर्थिक पत्र
शनिवार, जेठ ३ २०८२
  • काठमाडौं ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । 

    यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रूपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई  प्रहरीले पक्राउ गरेको छ ।

     वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

    रौतहट, गौर नगरपालिका-१ नगरपालिका कार्यालय अगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा परोहा नगरपालिका-२ बस्ने २० वर्षीय किष्ण कुमार साह र गौर नगरपालिका-५ बस्ने २० वर्षीय हरिबन कुमार साह रहेका छन् । 

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार