Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

७५३ मेगावाटको तमोर जलविद्युत आयोजना अघि बढाउन छलफल

७५३ मेगावाटको तमोर जलविद्युत आयोजना अघि बढाउन छलफल

आर्थिक पत्र
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौँ । तमोर जलसयायुक्त बहुउद्देशीय आयोजनाका बारेमा ऊर्जा मन्त्री दीपक खड्कासहित सरोकारवालाबिच छलफल भएको छ ।मंगलबार भएको छलफलमा ताप्लेजुङ, तेह्रथुम र धनकुटाका प्रतिनिधिसभा सदस्य, योजना आयोग, लगानी बोर्डका सिइओ, मन्त्रालयका सचिव, विद्युत् प्राधिकरणका र सम्बन्धित विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

    आयोजनाबाट ७५३ मेगावाट विद्युत् उत्पादन हुने उक्त आयोजना पूरा हुँदा मोरगको चिसांग मार्फत झापा, मोरंग र सुनसरीमा एक लाखभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिने एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार आयोजना अघि बढ्दा जल यातायात र ठुलो मात्रामा पर्यटन विकास समेत हुनेछ । 

    ‘यो आयोजनामा पुनर्वास न्यून रहेको छ र सडक पहुँच समेत सहज भएकाले कम लगानीमा धेरै र छिटो प्रतिफल दिने आयोजनामा पर्छ’, भट्टराईले भने आयोजनाका बारेमा विगतमा भएका कामका सन्दर्भमा समीक्षा गरेर आगामी दिनमा आयोजना नयाँ ढङ्गले कार्यान्वयन अघि बढाउने, लगानीको ढाँचा सुनिश्चित गर्ने, तीन तहको सरकार र जनस्तरबाट सामूहिक पहल गर्ने, विदेशी लगानीको सम्भावना खोजी गर्ने लगायतका विषयमा छलफल भयो ।’

    उक्त आयोजना सम्पन्न गर्न २ सय अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रारम्भिक अध्ययनअनुसार चाइना पावर कम्पनीसँग मिलेर काम गर्ने यसअघिनै छलफल भएको थियो ।तर,उक्त कम्पनीले अहिलेसम्म आयोजना अघि बढाउने नबढाउने कुनै जवाफ दिइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार