Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य-लगेज किन्दा ४० प्रतिशत छुट

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य-लगेज किन्दा ४० प्रतिशत छुट

आर्थिक पत्र
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं। नेपाली यात्रुहरूको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरू अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् ।

    यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुहरूलाई स्विस मिलिट्री को लगेज तथा ब्याकप्याक कलेक्सनमा ४०% सम्म छुट प्राप्त हुनेछ । सस्तो टिकेट्स मार्फत टिकट काटिसकेपछी यात्रुहरूलाई छुट प्राप्त गर्न विशेष लिंक तथा क्युआर कोड इमेलमार्फत प्राप्त हुनेछ, जसको प्रयोग गरी उनीहरूले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट पाउन सक्नेछन् ।

    विश्वभर टिकाउ र स्टाइलिश ट्राभल गियरको लागि परिचित स्विस मिलिट्रीले हालै नेपालमा आफ्नो आयात तथा वितरण कार्य सुरु गरेको छ । यो जसले नेपाली बजारमा उच्च गुणस्तर र भरपर्दो सामानको ग्यारेन्टी दिने उद्देश्य बोकेको छ, स्विस मिलिट्रीले आफ्ना उत्पादनहरुमा १० वर्षको वारेन्टी समेत प्रदान गर्दै आएको छ । नेपालको बजारमा यस्तो वारेन्टी र आर्कषक छुट सुविधा पहिलोपटक आएको हो ।

    स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । हाम्रो उद्देश्य यात्रुको समग्र यात्रा अनुभवलाई उचाइमा पु¥याउनु हो । उनीहरूलाई स्विस मिलिट्रीको विश्वस्तरीय लगेज किफायती मूल्यमा उपलब्ध गराउनु हो ।”
    सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहाल ले पनि यस सहकार्यमा उत्साह व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य सधैं नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो यात्रा सेवा प्रदान गर्नु हो । पछिल्लो ८ वर्षमा हामीले ग्राहकहरूको विश्वास जित्दै उत्कृष्ठ ब्रान्ड निर्माण गरेका छौं । स्विस मिलिट्रीसँगको यो सहकार्य मार्फत हामीले हाम्रा ग्राहकहरूलाई यात्रा सुरु हुनु अघि नै अझ उत्कृष्ट अनुभव दिन खोजेका हौं ।”

    नेपालको ट्राभल तथा ई–कमर्स क्षेत्रमा यो पहिलो प्रकारको सहकार्य हो, जसले उत्कृष्ट उत्पादनलाई सहज अनलाइन बुकिंगसँग जोड्ने नयाँ अभ्यास सुरु गरेको छ । दुबै कम्पनीहरूले भविष्यमा पनि यस्तै नविन र भ्यालु एडिसन गर्ने थप योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।
    यहाँ स्मरणीय छ यो छुट पाउन ग्राहकले www.sastotickets.com/offers वा स्विस मिलिट्रीको आधिकारीक विक्री कक्ष जहाँबाट पनि स्विस मिलिट्रीका लगेज तथा ब्याग प्याक खरिद गर्नसक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार