Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

भन्सार छलीका १३ लाख बराबरको अबैधसमानसहित पक्राउ

भन्सार छलीका १३ लाख बराबरको अबैधसमानसहित पक्राउ

आर्थिक पत्र
मंगलवार, जेठ १३ २०८२
  • पर्सा  । पर्सा स्थित प्रहरी गस्ती टोलीले भन्सार छलीको बिभिन्न औषधी, गाडी सहित मानिस पक्राउ गरेको छ।

    विशेष सूचनाका आधारमा  जिल्लाको विन्दवासिनी गाउँपालिका  ४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधिसहित गाड़ी र एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विभिन्न प्रकारका औषधिहरू अवैध रूपमा लोड गरिएको बरामद भएको छ।

    ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।

    बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५२० रुपैयाँ बराबर रहेको एसपी मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्ति, पिकअप गाडी र बरामद औषधिहरू थप अनुसन्धान र कारवाहीका लागि  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार