Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पेट्रोलिम पदार्थको मूल्य बढ्यो

पेट्रोलिम पदार्थको मूल्य बढ्यो

आर्थिक पत्र
शनिवार, जेठ १७ २०८२
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

    निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य बढाइएको छ।

    यस्तै निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

    नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ भने डिजेल/मट्टितेल पहिलो वर्गमा १४०.५०, दोस्रोमा १४३ र तेस्रोमा १४३ रुपैयाँ भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार