Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा

७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा

आर्थिक पत्र
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं। निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनूमति दिने गरि नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

    सवारी ऐन विपरीत संघीय सरकारसंग बाझिने गरी सातै प्रदेश सरकारहरुले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनूमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म कालोपट्टी बाधेर विरोध प्रदर्शन गरेका हुन्।

    उनीहरुले गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्ने लगाएतका माग अघि सारेका छन्।

    सवारी ऐन २०४९ को विपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्र्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम व्यवसायीहरुको आरोप छ।

    नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वारले सोमबारदेखि सार्वजनिक सवारी साधन थन्काएर देशव्यापी आन्दोलन गर्ने जानकारी दिए। आफुहरुको माग पूरा नभएसम्म सार्वजनिक सवारीसाधान सञ्चालन नगर्ने उनले बताए।

    प्रदेश सरकारहरुले बनाएको ऐन नियमावलीका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम गर्न बाध्य भएको व्यवसायीहरुको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार