Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

फेरि कुखुराकाे मासुको मूल्य घट्यो, किलोको कति ?

फेरि कुखुराकाे मासुको मूल्य घट्यो, किलोको कति ?

आर्थिक पत्र
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । आजदेखि लागु हुने गरी फेरि कुखुरा मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुरा मासु मूल्य १० देखि १५ रुपैयाँसम्म घटेको जानकारी दिएको छ ।

    संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार जिउँदो कुखुराको प्रतिकिलो मूल्य १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम छ । यसअघि जिउँदो कुखुराको प्रतिकिलो मूल्य २ सय ५० रुपैयाँ थियो ।

    यस्तै तयारी मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको छ । यसअघि ३ सय ५० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३५ रुपैयाँमा झरेको अध्यक्ष बिसीले बताए ।

    तीन दिनअघि पनि कुखुरा मासुको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि १५ रुपैयाँ घटेको थियो । गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए । ‘अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको हो,’ संघका अध्यक्ष बिसीले भने ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार