Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

नेपाल प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन, कुन रुटमा चल्छ ?

नेपाल प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन, कुन रुटमा चल्छ ?

आर्थिक पत्र
सोमवार, जेठ १९ २०८२
  • काठमाडौँ । यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले दुई रुटमा बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

    एउटा रुट नक्साल हुँदै बालुवाटार, टिचिङ, चक्रपथ र नयाँबसपार्क बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगानखेल, जावलाखेल, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै सञ्चालन हुनेगरी तय गरिएको छ ।

     यस्तै अर्को रुट, नक्साल हुँदै रातोपुल, गौशाला, एयरपोर्ट, कोटेशवर, टिमी, सल्लाधारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै सञ्चालन हुने तय गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार