Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अबैध कपडा बरामद

सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अबैध कपडा बरामद

आर्थिक पत्र
शुक्रवार, जेठ २३ २०८२
  • जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक टोलीले बरामद गरेको हो। बरामद कपडा आवशयक कारवाहीको लागि शुक्रवार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।

    डिआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएदेखि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ । डिआईजी ढकालले राजश्व छली, तस्करी, अपराधिक क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रदेशभरिका सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएको न्युज कारखानालाई बताएका छन् । 

    उनले आर्थिक, राजनीतिक ,सामाजिक कुनै किसिमको दबाब प्रभावमा नपरेर काम गर्न निर्देशन दिएका छन्।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार